देशको समृद्धिका नयाँ संविधान निर्माण आवश्यकः नारायणकाजी

२५ कार्तिक । एकिकृत माओवादीका नेता नारायणकाजी श्रेष्ठले देशको समृद्धिका लागि नयाँ संविधान निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।

मकवानपुरको बज्रबाराहीमा भएको चुनावी सभामा नेता श्रेष्ठले अहिलेको प्रमुख काम नै संविधान निर्माण भएकाले सवैले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाले संविधान निर्माणबाट विचलित भए देश बर्वाद हुने भन्दै सवै राजनीतिक दलको ध्यान जान जरुरी रहेको धाराणा राख्नुभयो । क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहनु भएका श्रेष्ठले एमाले र नेपाली काँग्रेससँग नयाँ संविधान र विकास निर्माणको स्पष्ट खाका नभएको भन्दै दुबै कार्यभार पुरा गर्न एकिकृत माओवादीलाई दुई तिहाई बहुमत दिन आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...