शीर्ष दलले ‘रअको निर्देशनमा चुनाव गर्न लागेको भुसालको आरोप

२० कार्तिक । नेकपा–माओवादीकी प्रवक्ता पम्फा भुसालले चार राजनीतिक दलले भारतीय गुप्तचर संस्था ‘रअ’ को निर्देशनमा गर्न लागेको चुनावले निकास नदिने दाबी गर्नुभएको छ ।

भक्तपुरमा बुधबार भएको अन्तक्र्रियामा प्रवक्ता भुसालले वर्तमान सरकारसमेत विदेशीको इसारामा बनेकाले चुनाव पनि विदेशीकै इसारामा हुन लागेको आरोप लगाउनुभयो । उहाँले नेकपा–माओवादीको लडाईं चार दल र उनीहरुको प्रवृत्तिविरुद्ध रहेको बताउनुभयो ।
प्रवक्ता भुसालले मंसिर ४ गतेसम्म चार दलका भ्रष्ट नेता र आपराधिक चरित्रका उम्मेदवार केन्द्रित कार्यक्रम तय भइसकेको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय हितका लागि प्रयोग गरिनुपर्ने नेपाली सेनालाई विदेशीको इसारामा चार दलले भाडामा परिचालन गरी गाउँगाउँलाई ब्यारेकमा परिणत गर्न लागेको आरोप लगाउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...