काँग्रेसको जीतमा मात्रै लोकतान्त्रिक संविधान बन्छः कोइराला

दीपा आले
१६ कार्तिक । नेपाली काँग्रेस सभापति कोइरालाले नेपाली काँग्रेसको जितले मात्रै जनताले लोकतान्त्रिक संविधान पाउने बताउनु भएको छ ।

चुनावी प्रचार प्रसारका क्रममा गृह जिल्ला बाँके पुग्नु भएका सभापति कोइरालाले बाँकेको धम्बोझीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कोइरालाले एकीकृत माओवादीले विकास निर्माणका सपनाहरुमात्र बाँडेको आरोप लगाउनु भयो । उहाँले काँग्रेसको पहिलो प्राथमिकता संबिधान निर्माण र त्यसपछि विकास निर्माण रहेको स्पष्ट पार्नु भयो ।

काँग्रेसले विगतदेखि अहिलेसम्म जनताका समस्यालाई शिरोधार गर्दै आएकाले यसपछि पनि जनताको पार्टीका रुपमा काँग्रेसमात्रै रहने दावी गर्नु भयो ।
सभापति कोइरालाले कतिपय दलहरुमा चुनावमा हार्ने डरले निर्वाचन बिथोल्ने रणनीतिमा लागेको भन्दै ढुक्कसंग मतदान गर्न आग्रह गर्नु भयो । कोइराला आजै बाँकेमा हुने बिभिन्न कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...