जलाधार क्षेत्रमा पानी परेपछि इन्द्रसरोवर पानीले भरियो

२० कार्तिक । नेपाल विद्युत प्राधिकरणको व्याकअपको रुपमा लिईने कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर भरिएको छ । १५ सय ३० मिटर पानी भण्डारण क्षमता रहेको इन्द्रसरोवर एक सातादेखि भरिएको हो ।

सरोवर भरिएपछि थप पानी भण्डारणका लागि ड्याममा बोरा राखिएको छ । बोरा राखेर पानी भण्डार गरेपछि अहिले सरोबरमा १५ सय ३० मिटर २७ सेन्टिमिटर पानी जम्मा भएको छ । कुलेखानी जलविद्युत आयोजना चलेको समयमा पानी घट्ने भएपनि अहिले सरोवर भरिभराउ भएको आयोजनाले जनाएको छ ।

जलाधार क्षेत्रमा पानी परेकाले कुलेखानी भरिएको हो । ७ किलोमिटर लम्बाई र ३ सय मिटर चौडाईको सरोवरमा संकलन गरेको ४६ मिटर पानीबाट मात्रै विद्युत उत्पादन गर्न सकिन्छ । सरोबरमा भरिएको पानीबाट कुलेखानी पहिलोले ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट विद्युत उत्पादन हुन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...