अतिरिक्त महानिरीक्षको बढुवा विरुद्ध सर्वोच्चमा रिट दायर

२१ कार्तिक । नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक पार्वती थापाले सरकारले हालै गरेको प्रहरी अतिरिक्त महानिरीक्षको बढुवा बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

गत हप्ता सरकारले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा उपेन्द्रकान्त अर्याललाई बढुवा गरेपछि असन्तुष्ट नायव महानिरिक्षक थापाले विहीबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । थापाले अर्यालको बढुवा नियम विपरित भएको र आफू बरिष्ठ हुँदाहुँदै अन्यायमा पारिएको भन्दै मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै रिट दायर गर्नुभएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय र हालै सरकारवाट नियुक्त अतिरिक्त प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याललाई विपक्षि बनाइएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...