मनाङको हुम्डे विमानस्थलको स्तरोन्नति गरियो

२० कार्तिक । हिमालपारीको जिल्ला मनाङको हुम्डे विमानस्थल विस्तार भएको छ ।

नौ सय मिटर लामो धावनमार्गलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले कालोपत्रे गरि स्तरोन्नति गरेको हो । ६ सय मिटरको धावनमार्ग विस्तार गरेर ९ सय मिटर पु¥याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

३ वर्ष लगाएर धावनमार्ग र पार्किङस्थल विस्तार गरिएकाले अव बाह्रै महिना उडान तथा अवतरण गर्न सकिने छ । धावनमार्गको स्तरोन्नतिपछि पर्यटन मन्त्रालय तथा तथा नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहितको टोलीले उडान तथा अवतरणको परीक्षणसमेत गरिसकेको छ । हुम्डेमा २०३९ साल असोजबाट उडान सुरु भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...