१५ कार्तिक । शिक्षामन्त्री माधवप्रसाद पौडेलले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानी सदुपयोग हुन नसकेको बताउनुभएको छ ।

एसिया फ्रेण्डसिप नेटवर्कले आज काठमाडौमा गरेको ग्रामीण विद्यालयको पुर्वाधार निर्माणमा दातृ निकायको भुमिका विषयक अन्र्तक्रियामा मन्त्री पौडेलले शिक्षामा सरकारले सक्दो बजेटको व्यवस्था गरे पनि प्रतिफल आउन नसकेको बताउनुभएको हो ।

सरकारी स्रोतले मात्र विद्यालयको पुर्वाधार निर्माण र सुधार हुन नसक्ने भन्दै मन्त्री पौडेलले विद्यालय सुधारका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्रोत परिचालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । मन्त्री पौडेलले हाल नेपालको शिक्षाले अन्तराष्ट्रिय बजारमा दक्ष जनशक्ति उत्पादन गर्न नसकेको भन्दै दक्ष जनशक्ति उत्पादनका लागि शिक्षामा धेरै सुधार गर्न आवश्यक रहेको बताउनुभयो । एसिया फ्रेण्डसिप नेटवर्कले स्थानिय समुदायको सहभागीतामा १५ जिल्लामा ५० वटा विद्यालय भवन निर्माण गरिसकेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...