प्रमुख निर्वाचन आयुक्त उप्रेतीले चुनावी तयारीका विषयमा जानकारी लिए

२४ कार्तिक । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आइतबार म्याग्दी, पर्वत र बाग्लुङको चुनावी तयारीका विषयमा जानकारी लिनुभएको छ ।

सदरमुकाम बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयका प्रमुखसँग भेट गरी प्रमुख आयुक्त उप्रेतीले चुनावी तयारीका विषयमा जानकारी लिनुभएको हो । आयुक्त उप्रेतीले निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको निर्वाचनको तयारी र आचारसंहिता पालनाको विषयमा जानकारी लिनुभयो । यसैगरी सुरक्षा निकायका अधिकारीहरुसँग पनि सुरक्षा लगायत अन्य तयारीको विषयमा पनि उहाँले छलफल गर्नुभयो । प्रमुख आयुक्त उप्रेतीले आइतबारै बागलुङ र पर्वत जिल्लाको अनुगमन गरि निर्वाचन तयारीको विषयमा सम्बन्धित अधिकारीहरुसँग जानकारी लिनुभएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...