चुनाव विथोल्न नेकपा–माओवादीबाट १० दिने आन्दोलन (विज्ञप्तीसहित)

२४ कार्तिक । नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चाले भोलि एक दिनमात्र आमहडताल गर्ने बताएको छ ।

नेकपा–माओवादी पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी ३३ दलीय मोर्चाले दश दिनका लागि तय गरेको आन्दोलनका कार्यक्रम परिमार्जन गदै भोलि एक दिनमात्र आमहडताल गर्ने निर्णय गरेको हो । मंसिर ४ को चुनाव बहिष्कार आन्दोलनमा रहेको मोर्चाले कात्तिक २६ गतेदेखि मंसिर ४ गतेसम्म २४ सै घण्टा यातायात हडताल गर्ने नेकपा–माओवादीका सचिव देव गुरुङले जानकारी दिनुभयो ।
सचिव गुरुङले आन्दोनल अवधिभर एम्बुलेन्स, प्रेस तथा कूटनीतिक नियोगका सवारीसाधन भने चल्न दिने बताउनुभयो । उहाँले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरे त्यसको प्रतिकार गर्ने समेत चेतावनी दिनुभयो ।
३३ दलीय मोर्चाले राजनीतिक निकासका लागि चुनाव स्थगन गदै संवाद र सहमतिमा आउन सरकार र चारदललाई आग्रह गरेको छ । चुनावमा भाग लिने चारदलको अधिकार जस्तै आफुहरुको पनि चुनाव बहिष्कार गर्ने लोकतान्त्रिक अधिकार भएको ३३ दलीय मोर्चाले जिकिर गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...