तरुण दलका दैलेख जिल्ला सदस्य रानामगर मृत फेला

२० कार्तिक । नेपाल तरुणदल दैलेखका जिल्ला सदस्य नविनसिंह रानामगर मृत फेला परेका छन् ।

मगरको शव सल्लेरी गाविसमा बुधबार विहान फेला परेको प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले जानकारी दिनुभएको छ । घटनाका विषयमा बुझ्न प्रहरीले सल्लेरी–३ का टिकाराम रानामगर, खड्कबहादुर रानामगर, कुलबहादुर रानामगर र धनबहादुर थापालाई पक्राउ गरेको छ ।

मगरको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका चारै जना र मगरबीच लक्ष्मीपूजाका दिन देउसी खेल्ने क्रममा विवाद भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...