नेपाल संवत ११३४ शुरु

१८ कार्तिक । नेपाल सम्वत् ११३४ सोमबारदेखि शुरु भएको छ ।

चन्द्रमासका हिसाबले प्रत्येक बर्ष कात्तिक शुक्ल प्रतिपदालाई न्हूँ दँ अर्थात नयाँ बर्षका रुपमा धुमधामका साथ मनाएर शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । आजभन्दा ११३४ बर्ष अघि राजा राघवदेवको पालामा शंखधर साख्वाः नामका सामान्य व्यक्तिले उपत्यकाका वासिन्दा सबैको ऋणमोचन गरिदिएपछि आप्mनो नामको सट्टा देशकै नाममा सम्वत चलाएको इतिहासकारहरु बताउँछन् ।

हरेक वर्ष तिहार, नेपाल संवतसँगै म्हः पूजाको चर्चा हुन्छ । नेपाल संवतको नयाँ वर्षको पहिलो दिन नेवार समुदायमा म्हः पूजा धुमधामसँग गरिन्छ । नेपाल सरकारले पनि यसलाई मान्यता दिइसकेको छ । २०५६ सालमा नेपाल संवतका प्रवर्तक शंखधर साख्वालाई विभूतिको रुपमा घोषणा गरिसकेको छ । यसरी विस्तारै यो नेपालको आफ्नो संवतको रुपमा आएको देखिन्छ ।


विश्वमा आफ्नो राष्ट्रसँग जोडिएको एकमात्र संवत् भनेको नेपाल संवत मात्र हो । यो नेपालको नाममा भएको राष्ट्रिय संवत् हो । यो शासकको नामबाट नभई सामान्य नेपाली जनताको नामबाट सुरु भएको हो ।

नेपाल संवत् ११३४ कै अवसरमा आज भक्तपुरको थिमीस्थित शंखधर साख्वाः चोकमा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी उपस्थित भई कार्यक्रम गरिँदैछ । कार्यक्रममा मध्यपुर थिमी नगरपालिकालाई सम्मान गरिँदैछ ।

शंखधर साख्वाः र नेपाल संवतबारे पाठ्यक्रममा समावेश गरिनुपर्ने, प्रमुख राजमार्गहरुलाई शंखधरको नाममा नामकरण गरिनुपर्ने तथा शंखधर संग्रहालय स्थापना गर्नुपर्ने माग सरोकारवालाहरुले गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...