नेकपा–माओवादीबाट पश्चिम बन्द

१५ कार्तिक । कार्यकर्ता पक्राउको विरोधमा नेकपा–माओवादीले शुक्रबार आह्वान गरेको पश्चिम क्षेत्र बन्दले जनजीवन प्रभावित भएको छ ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले बुटवलमा ग १ च ११७४ नम्बरको सेन्ट्रो कार तोडफोड गरेका छन् । तोडफोडबाट कारका सवै सीसा फुटेका छन् । माओवादीले आफ्ना कार्यकर्ता बिनाशर्त तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् । संविधान सभाको निर्वाचन बिथोल्ने गतीविधीमा संलग्न भएको आरोपमा प्रहरीले रुपन्देहीका १२ सहित पश्चिम क्षेत्रका झण्डै ३३ भन्दा बढी माओवादी कार्यकर्तालाई पक्राउ गरेको थियो ।

बन्दका कारण लुम्बिनी, गण्डकी, राप्ती, भेरी, कर्णाली महाकाली अञ्चलका प्राय सवै जिल्ला प्रभावित भएका छन् । रुपन्देहीबाट छुट्ने तथा त्यस क्षेत्रमा चल्ने पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा यातायातका सवारी साधन नचल्दा सर्वसाधारण मर्काका परेका छन् । कलकारखाना, उद्योग, पसल सबै बन्द छन् भने शिक्षणसंस्था समेत खुलेका छैनन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...