गणेशमान सिंहको ९९ औं जन्म जयन्ती मनाइँयो

२४ कार्तिक । स्वर्गीय गणेशमान सिंहको ९९औं जन्म जयन्ती, नेपाली कांग्रेस र उसका भातृसंगठनले विभिन्न कार्यक्रम गरी मनाएका छन् ।

२०४६ सालको जनआन्दोलनका सार्वोच्च कमाण्डर सिंहको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आइतबार शोभाभगवतीमा रहेको गणेशमान सिंहको सालिकमा माल्यार्पण गरेका छन् । माल्यार्पण कार्यक्रमलाई सम्वोधन गर्दै सिंहका पुत्र एंव नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले जनतालाई सार्वभौम सम्पन्न बनाउन गणेशमान सिंहले आजिवन त्यागको राजनीति गर्नुभएको स्मरण गर्नुभयो । महामन्त्री सिंहले संविधानसभावाटै संविधान जारी गर्न सके मात्र जनतालाई सार्वभौम वनाउने गणेशमान सिंहको सपना पूरा हुने बताउनुभयो । चुनाव भाँड्न केही शक्ति लागि परे पनि छिटपुट घटनाले चुनाव नबिथोलिने उहाँले बताउनुभयो ।
वि।स।१९७२ साल कात्तिक २४ गते जन्मिनु भएका गणेशमान सिंहले ६० वर्षको राजनीतिक जीवनमा १५ वर्ष जेल र १५ वर्षभन्दा बढी निर्वासित जीवन बिताउनुभएको थियो । १९९७ सालमा शोभाभगवतीबाटै राजनीतिक जीवन सुरु गर्नुभएका सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...