चुनाव सार्ने अभिव्यक्ति नदिन नेताहरुलाई देउवाको सुझाव

१७ कार्तिक । नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले देश चुनावमय भइसकेकाले चुनाव सार्ने अभिव्यक्ति नदिन नेताहरुलाई सुझाव दिनुभएको छ ।

आइतबार बिहान धनगढीमा सञ्चारकर्मीसंग कुरा गर्दै संविधानसभाको चुनाव कुनै पनि हालतमा नसर्ने बताउनु भएको हो । उहाँले चुनाव सारे कसैलाई पनि फाइदा नहुने बताउनुभयो । नेता देउवाले अर्को प्रशंगमा आफू राष्ट्रकै नेता भएको भन्दै आफूमाथि लागेको माहाकाली मोहको आरोप झुटा भएको प्रष्ट पार्नुभयो ।

नेता देउवाले थरुहट भए पनि नभए पनि आदीवासी, राना तथा चौधरीहरु रहेको कैलालीमा राना र चौधरीहरुलाई अलग्गदै सुचिकृत गरेर भए पनि राजनीतिक मुलधारमा ल्याउनु पर्ने बताउनु भयो । देउवा चुनावी प्रचारका लागि विगत ४ दिन देखि कैलालीका विभिन्न स्थानका मतदाहरुसंग भेटघाटमा व्यस्त हुनुहुन्छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...