जर्मनीले बेलायतसँग जासुसी प्रकरणबारे स्पष्टीकरण माग्यो

२० कार्तिक । अमेरिकी जासुसीका कारण रुष्ट रहेको जर्मनीको बेलायतले पनि जासुसी गरिरहेको खुलासा भएको छ ।

बेलायतबाट प्रकाशित इन्डिपेन्डेन्ट पत्रिकाले बेलायतले जर्मनीको जासुसी गरिरहेको समाचार प्रकाशन गरेपछि यसले विश्वभर सनसनी मच्चाएको छ । पत्रिकाका अनुसार जर्मनीस्थित बेलायती दूतावासको छानामा विशेÈ प्रकारको उपकरण जडान गरी बेलायतले जर्मनीको जासुसी गरिरहेको छ ।

खबर सार्वजनिक भएलगत्तै जर्मनीले बेलायतसँग जासुसी प्रकरणबारे स्पष्टीकरण मागेको छ । जर्मन विदेश मन्त्रालयले जर्मनीमा रहेका बेलायती दूतसँग जासुसी प्रकरणबारे जवाफ मागेको हो । बेलायतले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । यसअघि जर्मन चान्सलर एन्गेला मर्केलको फोन रेकर्ड गरी अमेरिकाले जासुसी गरेको खुलासा भएपछि विश्वभर सनसनी मच्चिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...