संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जिम्मेवारी एमाओवादीको काँधमाः प्रचण्ड

२४ कार्तिक । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने मूल जिम्मेवारी आफ्नो काँधमा आएको बताउनुभएको छ ।

मेची–महाकाली अभियानका क्रममा कपिलवस्तुको जितपुरमा आइतबार भएको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेस र एमाले जस्ता यथास्थितिवादी शक्तिबाट परिवर्तन संस्थागत हुन नसक्ने बताउनुभयो । उहाँले सुकुम्वासी समस्या र आदिवासी थारु, जनजातिका समस्या समेत आफ्नो पार्टीले सम्बोधन गरेकाले अन्य समस्या पनि सम्बोधन गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा नेता डाक्टर बाबुराम भट्टराईले कांग्रेस, एमाले र मधेसवादी दलका कारण संविधानसभा नामको पहिलो बच्चाको मृत्यु भएको आरोप लगाउनुभयो । नेता भट्राईले मुलुकको आर्थिक तथा राजनीतिक परिवर्तनका लािग एकीकृत माओवादीको अहम् भूमिका रहेको भन्दै आफ्नो पार्टी नेतृत्वको सरकार आए प्रतिवर्ष चार लाख युवालाई रोजगारी दिने आश्वासन दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...