कपिलवस्तु क्षेत्र नं १ को मतपत्र रद्द गर्ने निर्णय

२३ कार्तिक । निर्वाचन आयोगले कपिलवस्तु जिल्ला क्षेत्र नम्बर एकको मतपत्र रद्द गर्ने निर्णय गरेको छ ।

बिहिबार हृदयाघातका कारण मृत्यु भएका तमलोपाका उम्मेद्वार सराफद खाँको ठाउँमा तमलोपाले अर्को उम्मेद्वार नउठाउने जानकारी दिएपछि आयोगले मतपत्र रद्द गर्ने निर्णय गरेको हो । निर्णयसँगै अब तमलोपाको चिन्ह हटाएर आयोगले अर्को मतपत्र छाप्ने निर्णय गरेको हो ।
आयोगले शुक्रबारदेखि आगामी २८ गतेसम्म समानुपातिकतर्फको बन्द सूचीबाट नाम फिर्ता चाहनेहरुका लागि अवसर प्रदान गरेको छ । आयोगले तोकेको पहिलो दिन शुक्रबार खस समावेसी पार्टीका तर्फबार समानुपातिकतर्फ उम्मेद्वार बनेका प्रेमबहादुर क्षेत्रीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
यस्तै एबीसी टेलिभिजनले आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टिकरण लिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...