राजनैतिक संरक्षणमा वनका अध्यक्षकै मिलेमतोमा काठ तस्करी

२० कार्तिक । कपिलवस्तुमा सामुदायिक वनका अध्यक्षकै मिलेमतोमा काठ तस्करी हुने गरेको खुलासा भएको छ ।

कपिलवस्तुको राजापानी सामुदायिक वनका अध्यक्षसहित अन्य पदाधिकारीकै संलग्नतामा तस्करी भएको काठ बरामद भएपछि यस्तो खुलासा भएको हो । वन कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले छापा मार्दा राजापानी सामुदायिक वनका अध्यक्ष चन्द्रबहादुर केसीले गैर कानुनीरुपमा रुख कटान गरी चिरान गरिएका ५५ थान सालका काठ लुकाएको भेटिएको छ । चन्दले राजनीतिक संरक्षणमा विगत दुई वर्षदेखि अवैधरुपमा रुख कटान गरी काठ तस्करी गर्दै आएको स्थानीयले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...