एमालेले बहुमत ल्याए मात्र लोकतान्त्रिक संविधान बन्छः खनाल

२१ कार्तिक । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आङ्खनो पार्टीले बुहमत ल्याए मात्रै लोकतान्त्रिक संविधान बन्ने दाबी गर्नुभएको छ ।

सर्लाहीको लालबन्दीमा विहीबार विहान भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष खनालले मुलुकले अग्रगमनसहितको लोकतान्त्रिक संविधान चाहेकाले त्यसको सुनिश्चितता एमालेले मात्र गर्न सक्ने दाबी गर्नुभयो । उहाँले अग्रगमनसहितको लोकतान्त्रिक संविधान एकीकृत माओवादी र कांग्रेसको शब्दकोषमै नभएकाले एमालेलाई बुहमत दिनुको विकल्प नरहेको जिकीर गर्नुभयो । संविधानकै लागि भएपनि यसपटक जनताले एमालेलाई बहुमत दिलाउने उहाँले दाबी गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...