आमाघरलाई ७ लाख ५० हजार सहयोग

१५ कार्तिक । लुम्बिनी बुद्धिष्ट आर्ट ग्यालरीका निर्देशक अनिल थापाको पहलमा नेपालका थाङ्गका व्यवसायीको साथै अष्ट्रेलिया तथा अन्य केही विदेशी दाताहरुले कालिमाटीमा रहेको आमाघरलाई ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

विहीबार आमाघरमा आयोजित कार्यक्रममा विदेशी दाताहरुको उपस्थितिमा निर्देशक थापाले सो रकम आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरे ।
सो रकम सहयोगगर्ने अन्य दातृ संस्थाहरु एस.एच.ई. एड्भाइजरी, अष्ट्रेलियन हब, हङ्ग दिङ्ग कल्चरल तथा हुवा जिन क्यापिटलसंग आवद्ध पदाधिकारीहरु रकम हस्तान्तरण कार्यक्रममा सहभागी थिए । आमाघरलाई प्राप्त भएको सो रकम वृद्धवृद्धाहरुको लागि एउटा सुविधायुक्त कोठाको साथै स्नानगृह बनाउने आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठले दाताहरुलाई बताईन् ।
आमाघरले समाजबाट अपहेलित जेष्ठ नागरिक तथा अनाथ वालवालिकाको लागि निश्वार्थरुपमा गरेको अुतलनीय सेवाको कदर गर्दै आफुहरु मिलेर ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको लुम्बिनी बुद्धिष्ट आर्ट ग्यालरीका निर्देशक अनिल थापाले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...