शीर्ष तीन दलको हार सुनिश्चित छः कमल थापा

२० कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संबिधानसभा चुनावमा प्रमुख तीन दलको हार निश्चित भएको दाबी गर्नुभएको छ ।

राप्रपा नेपाल काठमाडौ क्षेत्र नम्बर चारले बुधबार मण्डिखाटारमा गरेको चुनावी सभामा अध्यक्ष्ँ थापाले तीन दल जनताका सामु असफल भैसकेकाले उनीहरुको हार निश्चित भएको बताउनुभएको हो । अध्यक्ष्ँ थापाले चुनावपछि आफ्नो पार्टी नयाँ शक्तिका रुपमा देखिने दाबी गर्नुभयो ।
थापाले पार्टीको जितपछि नेकपा–माओवादी लगायतका संबिधानसभा चुनाव विरोधी पार्टीलाई राष्ट्रिय राजनीतिको मुल धारमा ल्याउने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...