आर्सनलसँग बोरुसिया डर्टमुण्ड पराजित

२१ कार्तिक । च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा आर्सनलले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई पराजित गरेको छ ।
समूह चरणको चौथो खेलमा आर्सनलले बोरुसिया डटमुण्डलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा आरोन राम्सीले ६२ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै आर्सनल ९ अंकका साथ समूह एफको शीर्ष स्थानमा छ । मार्सेलिएलाई ३–२ गोल अन्तरले पराजित गरेको नापोली ९ अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने डर्टमुन्डको ६ अंक छ । गएराति नै भएको अर्को खेलमा चेल्सीले एफसी साल्केलाई ३–० ले पराजित गरेको छ । चेल्सीका लागि अफ्रिकन खेलाडी स्यामियोल इटोले खेलको ३१औ र ५४औं मिनेटमा गोल गरे भने थप एक गोल डेम्बाले खेलको ८३ औं मिनेटमा गरे । त्यस्तै एथ्लेटिको म्याड्रिडले अस्टियि भियनामाथि ४–० गोल अन्तरको जित दर्ता गरेको छ । गएराति नै भएको समूह चरणको चौथो खेलमा एसी मिलानलाई ३–१ गोल अन्तरले पराजित गर्दै बासिर्लोना पनि अन्तिम १६ मा प्रवेश गरेको छ । समूह एचमा रहेको बासिर्लोना १० अंकका साथ शीर्ष स्थानमा छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...