मुलुक हाक्ने जिम्मेवारी एमाओवादीमाथीः प्रचण्ड

१६ कार्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस बुढो र एमाले अवसरवादी भएकाले मुलुक हाक्ने जिम्मेवारी आफुमाथि आएको बताउनुभएको छ ।

दैलेखको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्र, समावेशीता, धर्म निरपेक्षता र संविधानसभाको नेतृत्वकर्ता एमाओवादी नै भएको दावी गर्नुभएको हो । उहाले जनतालाई दुई तिहाई बहुमत दिएर जनमुखी संविधान बनाउने अवसर दिन आग्रह समेत गर्नुभयो ।
अध्यक्ष प्रचण्डले नेकपा माओवादीलाई अझै पनि संविधानसभामा २६ सिट र मन्त्री दिएर सहमतिमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । प्रचण्डले शनिबारै डोल्पा हुदैं दैलेखपछि सुर्खेतको चुनावी सभा सम्बोधन गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...