दाङमा भेटिएको बम निष्क्रिय पारियो

२४ कार्तिक । दाङको घोराही–तुलसीपुर सडकखण्डको पर्सेनीमा राखेको सकेट बम नेपाली सेनाले निष्कृय पारेको छ ।

हलवार गाविस–१ पर्सेनीको सडकमा आइतबार बिहान फेला परेको सकेट बमलाई सेनाको १९ नम्बर बाहिनीको बम डिष्पोजल टोलीले निष्कृय पारेको हो ।
सडकको बीच भागमा स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । मेची–महाकाली राष्ट्रिय जनजागरण अभियानका क्रममा एकीकृत नेकपा ९माओवादी० अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको अभियान टोलीलाई लक्षित गरी बम राखेको हुन सक्ने स्थानीयले बताएका छन् । यसैबीच यता नेपाली कांग्रेस मकवानपुरले क्षेत्र नम्बर १ मा गर्न लागेको चुनावी सभामा बमको हल्ला चलेको छ ।

क्षेत्र नम्बर १ स्थित चिसापानी हाटबजारमा हुन लागेको चुनावी सभालाई विथोल्ने उद्देश्यले प्रेसर कुकरमा खतरा लेखी तार राखेर बमको हल्ला चलाइएको कांग्रेसले जनाएको छ । खतरा लेखेको प्रेसरकुकर देखेर स्थानीयवासीले खबर गरेपछि प्रहरी र सेनाको टोली घटनास्थल पुगेको थियो । सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा प्रेसकुकरभित्र इँट्टाका टुक्रा, बालुवा र कागज फेला परेको थियो ।

नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार इन्द्रबहादुर बानियाँले कांग्रेसको जितदेखि डराएका पार्टीले मतदाता तर्साउन यस्तो कसरत गरेको आरोप लगाउनुभएको छ । नेकपा–माओवादीले बम राखेको आशंका गरेपनि घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...