हत्याका अभियुक्त अभिषेकराज सिंह सार्वजनिक

२० कार्तिक । प्रहरीले ६ जनाको हत्या गरेको अभियोगमा अभिषेकराज सिंहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी नेपालगञ्ज बाँके घर भई हाल भैंसेपाटी ललितपुर बस्दै आएका ३२ वर्षीय सिंहलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको जानकारी दिएको छ । सिंहमाथि सिन्धुपाल्चोकका निरन जंग पाण्डेको गत असोज ९ गते, काठमाडौंका निरप भन्ने नरबहादुर गोतामेको २०६७ साउन १२ गते र काभ्रेका बुद्ध भन्ने जगतसिंह तामाङको २०६९ साउन ६ गते हत्या गरेको आरोप छ ।

त्यस्तै, काभ्रेका सार्की तामाङको २०६९ कार्तिक १३ गते सिंहले नै हत्या गरेको प्रहरीको भनाइ छ । सिंहले २०६२ सालमा तत्कालीन नेकपा माओवादीले आफ्नो बाबुको हत्या गरेपछि बाबुको सुराकी गरेको आरोपमा दुई जनाको पनि हत्या गरेको प्रहरीको दाबी छ । बाबुको हत्याको बदला लिन आफूले हत्या गर्दै आएको सिंहले स्वीकारेका छन् ।

प्रहरीका अनुसार सिंहले समिर घिमिरेको नाममा झापा र अभिषेक राज सिंहको नाममा बाँकेबाट नागरिकता समेत लिएका छन् । सिंहलाई हत्यामा प्रभाकर सिंह राणा, अनिल राउत र कुमार विक्रम खत्रीले पनि सहयोग गरेको प्रहरीको भनाइ छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...