उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठपर्व समापन

२३ कार्तिक । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिदै चार दिने छठ पर्वको समापन गरिएको छ ।

तराई एवं मुलुकको अन्य भाग झैं उपत्यकामा पनि विहानै नजिकको पोखरी,नदी लगायत जलासयमा गएर श्रद्धालुले विहानै सूर्यलाई अर्घ दिएर छठको समापन गरेका हुन् । तराईमा विशेÈ महत्वका साथ मनाइने यो पर्व देशका विभिन्न स्थानमा पनि हर्सोल्लासका साथ मनाएको छ । छठ समारोह समितिले रानीपोखरीमा गरेको छठ समापन समारोहलाई सम्वोधन गर्दै उपराष्ट्रपति परमानन्द झाले पर्वहरुले समाजिक एकता कायम गर्न महत्वपुर्ण भूमिका खेल्ने बताउनुभयो । उपराष्ट्रपति झाले छठलाई तराईमा मात्र केन्द्रित नगरी देशका सबै भागमा मनाउनुपर्ने बताउनुभयो ।
उपराष्ट्रपति झा पनि उदाउँदो सूर्यलाई अर्घ दिई विधिपूर्वक गरिने पुजामा सरिक हुनुभयो । मूलविधि चतुर्थीदेखि सुरु भई षष्टी तिथिका दिन बेलुकी अस्ताउदो र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गरिने परम्परा छ । ब्रतालुहरु षष्टी तिथिको रातभर जाग्राम बसेर शनिवार विहानै पोखरी, नदी किनारा र जलाशयमा पुगेर उदाउँदो सुर्यलाई अर्घ दिई छठको समापन गर्नेगर्छन । ब्रतको समापन पछि प्रसाद ग्रहण्ँ गरी ब्रतालुहरुले आङ्खनो उपवास तोड्नेगर्छन । काठमाडौंको रानीपोखरीमा छठ समापनका क्रममा प्रतिमास्थलमा पुजा गर्ने र प्रसाद लिनेको घुइचो लागेको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...