एमाओवादीका उम्मेदवारको घर ताडफोड

२१ कार्तिक । एकीकृत नेकपा माओवादीका सुनसरी क्षेत्र नम्बर–६ का उम्मेदवार डम्बर सुवेदीको इटहरी–२ स्थित घरमा बुधबार तोडफोड भएको छ ।

एकीकृत माओवादीको सुनसरी जिल्ला इन्चार्जसमेत रहेका सुवेदीको घरमा अज्ञात समूहले तोडफोड गरेको हो । तोडफोडबाट सुवेदीको घरका सिसाहरु फुटेका छन् । घटनास्थलमा राष्ट्रवादी आमूल परिवर्तनकारी शक्ति सुनसरीको पर्चा भेटिएको छ । पर्चामा सुवेदीको पुख्र्यौली सम्पत्ति नभए पनि जनयुद्धको समयमा आर्थिक चलखेल गरि करोडौ रकमको सम्पत्ति जोडेको उल्लेख छ । सुवेदीले जनयुद्धको जगमा अवैध रकम संकलन गरेकाले जनकारबाही गरिएको पर्चामा उल्लेख गरिएको छ । यसैगरी चितवनमा चुनाव प्रचारमा रहेका एकीकृत माओवादीका दुई उम्मेदवारको गाडीमा तोडफोड र आगजनी भएको छ । एकीकृत माओवादीका उम्मेदवार अमिक शेरचन र यमबहादुर परियारको गाडीमा गएराति तोडफोड भएको हो । घरदैलो गर्ने क्रममा ज्योतिनगरमा शेरचनको बा ९ च ७६६७ नम्बरको गाडीमा तोडफोड र आगजनी भएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...