२६ कार्तिक । आइसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट छनौट चरणको तयारीमा रहेको नेपाली टोलीले संयुक्त अरब ईमाईरेट्स युएईसँग अभ्यास खेल खेल्दैछ ।
युएईमा आगामी शुक्रवारदेखी आयोजना हुने छनौट प्रतियोगिता पुर्व नेपालले आयोजकसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । दोस्रो अभ्यास खेलमा नेपालले बुधबार अमेरीकाको सामना गर्नेछ ।
१६ टिम सहभागी रहेको विश्व ट्वान्टी ट्वान्टी छनौट प्रतियोगिताको पहिलो खेलमा कार्तिक २९ गते नेपालले डेनमार्कको सामना गर्दैछ । समुह बी मा नेपालसँगै डेनमार्क, केन्या, स्कटल्याण्ड, पपुवा न्यूगिनी, नेदरल्याण्डस्, बर्मुडा र अफगानिस्तान रहेका छन् । प्रतियोगितामा सहभागी १६ टोलीमध्ये शीर्ष ६ मा पर्ने टिमले अर्को वर्ष बंगलादेशमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकप खेल्न पाउने छन् ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment