माओवादीको बन्दको प्रभाव (अपडेट)

२५ कार्तिक । नेकपा–माओवादी सहितको ३३ दलीय मोर्चाले आह्वान गरेको आमहडतालले जनजीवन प्रभावित बन्यो भने बिभिन्न स्थानमा शंकास्पद बस्तुहरु फेला परे ।

सोमबार बिहान काठमाडौंको धापासीको सडकमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निस्कृय पारेको थियो । सडकमा खतरा लेखिएको बस्तु फेला परेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । बमको आशंका गरिएको प्रेसर कुकर भित्र तार र भुस राखिएको थियो । काठमाडौंकै बंगलामुखीमा पनि शंकास्पद बस्तु फेला परेको थियो ।

यसैबीच काभ्रेको चण्डेश्वरी मन्दिर नजिक शंकास्पद बस्तु फेला परेको थियो । पनौतीको श्रीखण्डपूरमा पनि शंकास्पद बस्तु भेटियो । त्यसैगरि पाँचखाल, खावा, रविओपी र कुन्ताबेंसीमा पनि शंकास्पद बस्तु भेटियो । यी सबै शंकास्पत बस्तुहरुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रय पा¥यो ।
त्यसैगरी धनकुटा नगरपालिका वडा नम्बर ७ स्थित एकिकृत नेकपा माओवादीको निर्माणाधिन पार्टी कार्यालय भवनमा सुतली बम बिस्फोट भएको थियो । बम विष्फोट भए पनि मानविय क्षति पनि भएन । सडकमा सुनसान रहेपनि सुरक्षा ब्यवस्था भने कडा पारिएको प्रहरीले जनायो ।
त्यस्तै भक्तपूरको कमलबिनायकमा रोकि राखेको बा १ झ ७०८४ नम्बरको सरकारी गाडी र भक्तपूरकै ठिमी बालकुमारीमा ना ३ ख ३७११ नम्बरको बसमा आागजनी गरिएको थियो । पूर्व पश्चिम राजमार्ग अन्र्तगत मकवानपूरको बासामाडी–२ बस्तिपूरमा भेटिएको टाईम बम नेपाली सेनाले निस्क्रिय पारेको थियो । धनुषाको जनकपूर ढल्केबर सडक अन्र्तगत महेन्द्रनगर पूलमा शंकास्पद वस्तु भेटिँदा केहीबेर आवागमनमा अवरुद्ध भएको थियो ।

यसैबीच पूर्व पश्चिम राजमार्ग निजगढ पथलैया सडक खण्ड अन्र्तगतको १३ किलोमिटरमा २ वटा शंकास्पद बस्तु फेला परि सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पार्दा बम नभएको पुष्टी गरेको थियो । त्यस्तै पूर्वका विभिन्न स्थानमा गाडी तोडफोड तथा आगजनीका घटना भए ।
मोरङको पथरीमा को १ च ४६१० नम्वरको मिनीट्रकमा आगजनी गरियो । चल्ला बोकेर पुर्व तर्फ जाँदै गरेको मिनी ट्रकमा आगजनी हुँदा चार हजार चल्ला जलेर नष्ट भए । सुनसरीको धरानमा ना अ को प ९१४ नम्वरको बोलेरो भ्यानमा तोडफोड गरिएको थियो । सुनसरीको इटहरीमा गएराति को १ ज १४८३ नम्वरको म्याजिक भ्यानमा आगजनीको प्रयास गरिएको थियो ।
त्यस्तै सोमबार विहानैदेखि लमजुङ सदरमुकाम वेंसीशहरसहित भोटेओडार, सुन्दरबजार, भार्लेटार, उदीपुर, खुदी, भूलभूले साथै ग्रामीण भेगमा सार्वजनिक तथा निजी सवारी साधन चलेनन् । बन्दको समयमा हुने अपराधिक तथा हिंसात्मक कृयाकलाप रोक्न स्थानीय प्रशासनले सडकमा नेपाल प्रहरीसंगै सेना परिचालन गरेको थियो । बन्दको सूचना संकलनका लागि लमजुङमा सादा पोषाकका प्रहरी परिचालन गरिएको थिए ।

यसैबीच बन्दका कारण कैलालीको जन जीवन पनि कष्टकर बन्यो ।
सडकमा छिटपुट मोटरसाईकलहरु चलेपनि अन्य सवारी साधनहरु ठप्प भएपछि जनजीवन प्रभावित बन्यो ।
वन्दका कारण स्कुल, व्यवसाय, कलकारखाना लगायत अन्य क्षेत्र ठप्प भए । राजधानी लगायत अन्य क्षेत्रबाट धनगढी आएका सवारी साधनलाई प्रहरीले स्कर्टिङ्ग गर्दै गन्तव्यसम्म पु¥याएको थियो । वन्दकर्ताहरुले केही छिटपुट घटना घटाएतापनि अहिले सम्म सगम्र कैलालीको सुरक्षा स्थिति नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक मोहनराज जोशीले जानकारी दिनुभयो । त्यस्तै कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रत्यक्ष तर्फका उम्मेदरवार एनेकपा माओवादीका पोलिटव्यूरो सदस्य लेखराज भट्टको अत्तरियातास्थित निवासमा फेला परेको शंकासपद वस्तु र गेटास्थित अवस्थी राईस मिलमा फेला परेको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पा¥यो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...