नेकपा– माओवादीका छ जना नेता तथा कार्यकर्ताको घरमा छापा

२८ कार्तिक । चुनाव बहिष्कारको घोषणा गरेको नेकपा–माओवादीका छ जना जिल्ला नेता तथा कार्यकर्ताको घरमा प्रहरीले मंगलबार छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटेको विशेष टोलीले छापा मारेको हो ।
माओवादीका जिल्ला सेक्रेटरी लालपुर–८ का रामनारायण सिंह, जिल्ला सह–इन्चार्ज जमदह– ९ का दीपेश लामा, लालपुर–४ का शम्भु साह र वैद्यनिकट पत्रकार लहान–८ का राजेश रामको घरमा प्रहरीले छापा मारेको हो । छापामारीमा कुनै नेता नभेटिनुका साथै अवैध समान पनि फेला नपरेको प्रहरी स्रोतले जनाएको छ ।
पत्रकार रामकी श्रीमती पार्वती चौधरीले घरमा अवैध समानहरू नभेटेपछि स.३ प. ५५५५ नम्बरको मोटरसाइकल, ल्यापटप, सुनको सिक्री र केही किताब सुरक्षाकर्मीले लगेको आरोप लगाउनुभयो । पत्रकार राम कोसी मासिकका मधेस ब्यूरो प्रमुख छन् ।

यता इलाका प्रहरी कार्यालय लहानका प्रहरीनायब उपरीक्षक कृष्णजी अधिकारी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले छापा मारेको विषयमा आफूलाई थाहा नभएको बताए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...