ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिबाट अनसन शुरु

२१ कार्तिक । ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समितिले आफ्ना माग पूरा गर्न बेलायत सरकारले ध्यान नदिएको भन्दै विहीबारबाट रिले अनसन सुरु गरेको छ ।

काठमाडौंस्थित बेलायती राजदुताबास अगाडी पूर्वब्रिटिस गोर्खा सैनिकहरुले ब्रिटिस सरकारले पाँच सुत्रीय माग पूरा गर्न ध्यान नदिएको भन्दै विहीबारबाट रिले अनसन सुरु गरेका हुन् । उनीहरुले १३ दिन सम्म २४ घण्टे रिले अनसन सुर गरे पनि बेलायती सरकारले माग पूरा गर्न ध्यान नदिएपछि विहीबारबाट बेलायती भूमिमै पनि आमरण अनसन सुरु गरेका छन् ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले बेलायती सहकर्मी सरह समान पेन्सन, क्षतिपूर्ति, स्वास्थ्य उपचार सुविधा र अठार वर्ष भन्दा माथिका आश्रित छोराछोरीलाई आवासिय भिसा सुविधा दिनु पर्ने लगायतका माग राख्दै आएका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...