केसीको चुनावी प्रचारको गाडीमा बम प्रहार

२६ कार्तिक । नेपाली काँग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार अर्जुननरसिंह केसीको निर्वाचन घरदैलोमा रहेको गाडीमाथि पेट्रोल बम प्रहार भएको छ ।

नुवाकोटको ३५ किलो भन्नेस्थानको जुरेथुममा घरदैलो गर्दै गरेको समयमा केसीको चुनाव प्रचारमा प्रयोग भएको कार्यकर्ता चढेको गाडीमो बम प्रहार भएको हो ।


काठमाडौंबाट नुवाकोटको विदुरमा हुने सभामा भाग लिन जाने क्रममा बाटोमा पर्ने आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्दैगर्दा पेट्रोल बम प्रहार भएको नेता केसीले जानकारी दिए । बम प्रहारबाट मानिसलाई केही नभएपनि गाडीमा भने सामान्य क्षति पुगेको छ । बम कसले प्रहार गरेको भन्ने खुल्न सकेको छैन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...