असोज महिनामा हेलो सरकारमा ७ सय ५० उजुरी

१५ असोज । प्रधानमन्त्री मातहतको हेलो सरकारमा असोजमा ७ सय ५० वटा उजुरी परेका छन् ।

परेका उजुरीमध्ये ५ सयभन्दा बढीको फछ्र्योट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ । मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार भएको पत्रकार सम्मेलनमा सचिव कृष्णहरि बास्कोटाले सम्बोधन नभएका गुनासो फछ्र्योटका लागि ३३ नोडल अफिसरलाई लगाइएको जानकारी दिनुभयो ।

राज्यका विभिन्न निकायमा हुने कारबाही र सुशासनको प्रत्याभूति दिलाउन भन्दै २०६८ साल कात्तिक १७ गतेबाट हेलो सरकार सुरु गरिएको हो । हेलो सरकारमा यस वर्षको असोज मसान्तसम्म २६ हजारभन्दा बढी उजुरी परेका छन् ।

सुरुवाती चरणमा मासिक दुई हजारभन्दा बढी गुनासो पर्ने गरेकोमा हाल ६–७ सय मात्रै पर्ने गरेको छ । हेलो सरकार घटना दुर्घटनाको जानकारी गराउन, सार्वजनिक सेवाको विषयमा गुनासो गर्न अनियमितता, महिला हिंसाको जानकारी गराउने लगायतका कामका लागि हो । यस्ता विषयमा ११११ मा फोन गरी वा सोही नम्बरमा एसएमएस वा ११०० मा फ्याक्स गरेर वा आफै उपस्थित भई वा पत्रमार्फत गुनासा टिपाउन सक्नेछन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...