गोलमेच सम्मेलनबाट संविधानसभाको टुंगो लगाउनुपर्छः गुरुङ

२१ कार्तिक । नेकपा–माओवादीका सचिव देव गुरुङले गोलमेच सम्मेलनबाट नै संविधानसभा चुनावको टुंगो लगाउनुपर्ने बताउनुभएको छ ।

नेपाल सम्वत् ११३४ को अवसरमा नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालले विहीबार कीर्तिपुरमा गरेको कार्यक्रममा सचिव देव गुरुङले विदेशीको ईशारामा वर्तमान सरकार गठन र संविधानसभा चुनावको मिति तय भएकाले गोलमेच सम्मेलनबाट नै चुनावको टुंगो लगाउनुपर्ने बताउनुभयो । सचिव गुरुङले विदेशीलाई सहयोग पुग्ने भएकाले मंसिर चारमा हुने संविधानसभा चुनावमा मतदान नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
सचिव गुरुङले नेपालको राजनीतिमा वैदेशिक हस्तक्षेप बढेकाले प्रमुख चार दल असफल भइसकेको जिकीर गर्नुभयो । उहाँले अहिलेका सबै प्रक्रिया विघटन गरी नयाँ ढंगले चुनावमा जान पनि दलहरुलाई आग्रह गर्नुभयो । अर्को प्रसंगमा सचिव गुरुङले चुनावमा सेना परिचालन हुनु दुःखद रहेको बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...