म्यान्चेष्टर सिटी नक आउट चरणमा प्रवेश

२० कार्तिक । म्यान्चेष्टर सिटी च्याम्पियन्स लिग फुटबलको नक आउट चरणमा प्रवेश गरेको छ ।

इङल्याण्डको इतिहाड रंगशालामा मंगलबार राति भएको खेलमा अल्भारो नेग्रेडोको ह्याट्रिकको मद्धतमा सीएसके मस्कोलाई ५–२ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी अर्को चरण्मा प्रवेश गरेको हो । खेलको तेस्रो मिनेटमै सिटिका लागि सर्जियो एगोएरोले पेनाल्टीमा गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । एगोइरोले नै खेलको २०औं मिनेटमा पुन अर्को गोल गरे । त्यस्तै सिटिका लागि नेग्रडोले खेलको ३० औं ५१औ र ९०औं मिनेटमा गोल गरेका थिए । सीएसके मस्कोका लागि डोम्बीयाले खेलको ४५औ र ७१औं मिनेटमा गोल गर्दै हारको अन्तरलाई कम गरेका थिए । गएराति नै भएको अर्को खेलमा रियल म्याड्रिड र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका छन् । अर्को खेलमा बार्यन म्युनिखले भिक्टोरिया प्लेजनलाई १–० गोल अन्तरले हरायो । म्युनिखका लागि माण्डुकिजले खेलको ६५औं मिनेटमा गोल गरेका थिए । यसैगरी म्यान्चेष्टर युनाइटेडले रियल सोसियाडाडसँग गोलरहित बराबरी खेल्यो भने ओलम्पियाक्सले बेनेफिकालाई १–० गोल अन्तरले पराजित ग¥यो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...