एमाओवादी चुनाव सार्ने षड्यन्त्रमा लागेको नेपालको आरोप

१६ कार्तिक । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादी चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाउनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार रहेका नेता नेपालले पेप्सीकोला टाउनप्लानिङमा शनिबार भएको चुनावी कार्यक्रममा एकीकृत माओवादीले विभिन्न बहाना झिकेर चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । चुनाव हार्ने भएपछि एकीकृत माओवादी विभिन्न शक्ति लगाएर चुनावमा भाँडभैलो सिर्जना गर्न लागिपरेको नेता नेपालको दाबी छ ।

नेता नेपालले नेकपा–माओवादीलाई बाहिर राखेर चुनावमा जानु त्रुटिपूर्ण भएपनि चुनावपछि संविधानसभा र संविधान लेखनमा सहभागी गराउने बताउनुभयो । नेकपा–माओवादीसँग मिलेर जान आफूहरु तयार रहेको भन्दै नेता नेपालले चुनावमा एमालेलाई सहयोग गर्न माओवादीलाई आग्रह गनुृभयो । नेता नेपालले कुनै पनि हल्लाको पछि नलागी चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...