नुवाकोटमा बस दुर्घटना, २० जना घाइते

१७ कार्तिक । नुवाकोटमा भएको बस दुर्घटनामा २० जना घाइते भएका छन् ।

आइतबार बिहान काठमाडौंबाट नुवाकोटको समुन्द्रटार जा“दै गरेको बा १ ख ८८५८ नम्बरको बस सुनखानी गाविसको चापाबोटमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।

घाइतेमध्ये २० जनाको ग्रिनीसिटी अस्पताल धापासीमा उपचार भइरहेको छ । गम्भीर घाइते भएकाहरुको टाउकोमा चोट लागेको छ । दुर्घटनापछि बसका चालक र सहचालक फरार छन् । बसमा ६० जनाभन्दा बढी यात्रु सवार रहेको नुवाकोट प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...