सर्लाहीमा एक महिलाको गोली हानी हत्या

२० कार्तिक । सर्लाहीको गम्हरियामा एक महिलाको गोली हानी हत्या भएको छ ।

शौचालय गर्न गएको बेला गम्हरिया–५ प्लसीकी ४५ वर्षीया नाजमुल खातुनको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुहारीसँगै शौच गर्न गएकी खातुनको हत्याको कारण खुल्न सकेको छैन । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई प्रक्राउ गरेको छ भने दुई जनालाई सोधपुछ गरी छाडिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...