महिला फुटबलको उपाधि पुलिसबाट कब्जा

१६ कार्तिक । १५औ एनसेल राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । हेटौंडास्थित गौरीटार खेल मैदानमा शुक्रवार भएको फाइनलमा पुलिसले सशस्त्र प्रहरीको एपीएफलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो ।

निकै प्रतिष्प्रर्धात्मक खेलको ८५ औं मिनेटमा पुलिसकी यशोदा लामाले कर्नरबाट प्रहार गरेको बल एपीएफका खेलाडीको खुट्टामा लागि आत्मघाती गोल भएपछि पुलिसको जित निश्चित भएको हो ।

विजेता पुलिसले तीन लाख रुपैयाँ हात पारको छ भने उपविजेता एपीएफले एक लाख ५० रुपैयाँ प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगिताको सेमिफाइनलमा पुगेका टिमहरुलाई पनि ५०–५० हजार प्रदान गरिएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...