दोस्रो जेनेभा शान्तिवार्ता अनिश्चित

२१ कार्तिक । सिरिया संकट समाधानका लागि नोभेम्बरमा हुने भनिएको दोस्रो जेनेभा शान्तिवार्ता अनिश्चित भएको छ ।

संयुक्त राष्ट्र संघका विशेष दूत लख्दर ब्राहिमी तथा अमेरिकी र रुसी अधिकारीबीच दोस्रो जेनेभा शान्तिवार्ताका लागि मिति तोक्न बसेको बैठक विना निष्कर्ष टुंगिएपछि वार्ता अनिश्चत भएको हो । अमेरिका र रुसको संयुक्त पहलमा गर्न लागिएको जेनेभा वार्ता सिरिया सरकार र विद्रोहीको आ–आफ्नै पूर्व शर्तका कारण अनिश्चित बनेको बताइएको छ ।

सिरियाली राष्ट्रपति बसर अल असदले आफूले सरकार छाड्नु परे वार्तामा सहभागी नहुने बताउदै आएका छन् भने विद्रोहीले राष्ट्रपति असदले सत्ता नछाडेसम्म वार्ता नगर्ने शर्त राख्दै आएका छन् । त्यस्तै अमेरिका र रुसले वार्तामा इरानको सहभागिता पनि आवश्यक रहेको बताएकाले सिरियाली विद्रोहीहरु शान्तिवार्ताबाट झनै चिढिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...