३३ दलीय मोर्चाले गरेको बन्दको असर छिट्पुटः गृहमन्त्रालय

२५ कार्तिक । गृहमन्त्रालयले नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चाले गरेको बन्दको असर छिट्पुट मात्र परेको दाबी गरेको छ ।

गृह प्रवक्ता शंकरप्रसाद कोइरालाले देशभर लामो दूरीका यातायात सुचारु रहेको भन्दै छोटा दुरीका यातायत केही प्रभावित भएको बताउनुभयो । उहाँले उपत्यकामा विहान सवारीका साधन कम चलेपनि विस्तारै सडकमा बाक्लिएको बताउनुभयो । प्रवक्ता कोइरालाले बन्दकर्ताले लुकुछिपी रातको समयमा शंकास्पद बस्तु राखेर आतंक मच्चाउने प्रयास गरेको भन्दै त्यस्ता गतिविधिमा संलग्न ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभयो । गृह मन्त्रालयले शंकास्पद गतिविधीमा संलग्न भएका ९० जनालाई नियन्त्रणमा लिएर यस अघि नै कारवाहीको प्रक्रिया अघि बढाएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी र क्षत्रीय प्रशासकहरुले सुरक्षा समन्वयन गरिरहेको र सुरक्षाको समस्या पनि नभएको भन्दै ढुक्क भएर गन्तव्यमा निस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । यस्तै क्षतिपूर्ति र सूरक्षाको भरपूर व्यवस्था सरकारले गरेको भन्दै सवारीसाधन चलाउन व्यवसायीहरुसँग आग्रह गरेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...