निर्वाचन आचारसंहिता खुकुलो बनाउन माग

१५ कार्तिक । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आचारसंहिता खुकुलो बनाउन निर्वाचन आयोगसँग माग गर्नुभएको छ ।

आचारसंहिता उल्लंघन गरेर आयोगले स्पष्टीकरण लिएको भोलिपल्ट शुक्रबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आचारसंहिताका कारण ठूला दलका नेताहरुलाई कठिनाइ भएकाले खुकुलो बनाउन माग गर्नुभयो ।

उहाँले चरिकोट र काभ्रे जाँदा निर्वाचन आयोगलाई जानकारी गराएरै हेलिकेप्टर प्रयोग गरेको दाबी गर्नुभयो । अध्यक्ष प्रचण्डले नेकपा–माओवादीले थालेको चुनाव बहिष्कार आन्दोलनको औचित्य नरहेको भन्दै आगामी संविधानसभामा २६ सिट दिएर वा उनीहरुका माग सम्बोधन गरेर सहमति गर्न सकिने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...