बन्द फिर्ता लिन असन्तुष्ट दललाई रेग्मीको आग्रह

२२ कार्तिक । मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनावलाई लक्षित गरि नेकपा–माओवादी लगायतका असन्तुष्ट दलले गर्न लागेको बन्द फिर्ता लिन आग्रह गर्नुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको शुक्रबार काठमाडौंमा भएको २८ औं प्रँज्ञसभामा अध्यक्ष रेग्मीले चुनावलाई लक्षित गरी आव्हान गरिएको बन्द फिर्ता लिन नेकपा–माओवादीसहितको ३३ दली मोर्चालाई आग्रह गर्नुभयो । अध्यक्ष रेग्मीले सरकारको आग्रहलाई अटेर गरे कानुनी कारबाही गर्ने पनि चेतावनी दिनुभयो ।
अध्यक्ष्ँ रेग्मीले चुनावका लागि सबै तयारी भइसकेकाले सबै मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री रामकुमार श्रेष्ठले बन्द आफंैमा गलत भएकाले यसलाई फिर्ता लिन ३३ दललाई आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...