तालीवानी नेता हकीमुल्ला महसूद मारिए

१६ कार्तिक । उत्तरी वजीरिस्तानमा गरिएको अमेरिकी ड्रोन हमलामा तालीवानी नेता हकीमुल्ला महसूद मारिएका छन् ।


एक उच्चस्तरीय नेताले अन्तर्राष्ट्रिय संञ्चारमाध्यामलाई दिएको जानकारी अनुसार महसूदका साथ अरु पाँच जना पनि मारिएका छन् । मारिनेमा हकीमुल्लाका भाई र उनका दुई अंगरक्षक पनि छन् ।


अमेरिकालाई पनि हकीमुल्ला मारिएको पुष्टी भएको खबर पुगेको एसोसिएटेड प्रेसले जनाएको छ । हकीमुल्लाको गाडीलाई निशाना बनाएर उत्तर पश्चिमी कबाइली इलाकाको उत्तरी बजीरिस्तानमा चार मिसाइल आक्रमण गरिएको थियो ।


पाकिस्तानमा भने तालीवानीले प्रतिआक्रमण गर्न सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा बनाइएको खबर छ । पाकिस्तानले भने यो आक्रमणको निन्दा गर्दै यो पाकिस्तानकै सम्प्रभुतामाथिको आक्रमण भएको जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...