काँग्रेसको जनलहर देखेर माओवादीले आक्रमण गरेको सिंहको आरोप

१५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले कांग्रेसप्रति जनलहर बढेको देखेर एमाओवादीले कांग्रेस कार्यकर्तामाथी भौतिक आक्रमण गरेको आरोप लगाउनुभएको छ ।

काठमाडौमा शुक्रबार भएको चुनावी कार्यक्रममा बोल्दै महामन्त्री सिंहले आगामी चुनाव नेपाली कांग्रेसले जित्ने अवस्था आएपछि एकिकृत नेकपा माओवादी आतंक फैलाउन भौतिक आक्रमणमा उत्रिएको आरोप लगाउनु भएको हो । अघिल्लो चुनावमा जस्तै यस पटक पनि एमाओवादीले डर धम्कीको आडमा चुनाव प्रभावित पार्न खोजेको भन्दै महामन्त्री सिंहले त्यसो गरे कांग्रेस चुप लागेर नवस्ने चेतावनी दिनुभयो ।

महामन्त्री सिंहले एमाओवादीलाई संविधान निर्माणका लागि जनताले अघिल्लो पटक अवसर दिएपनि अवसरको सदुपयोग गर्न नसकेकाले यस पटक काँग्रेसमा जनलहर आएको दावी गर्नुभयो । महामन्त्री सिंहले नेकपा–माओवादीलाई देखाएर प्रचण्ड नै चुनाव भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो । उहाँले नेपालमा धर्म निरपेक्षताको घोषणा हिन्दुधर्मका विरुद्ध नभई सवै धर्मको स्वतन्त्रताका लागि भएको जिकिर गर्नुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...