मिस युनिभर्सको ताज ग्याब्रिएला इस्लरले जितिन्

२५ कार्तिक । भेनेजुयलाकी ग्याब्रिएला इस्लरले यस बर्षको मिस युनिभर्स २०१३ को ताज जितेकी छिन् ।

रुसको मस्कोमा भएको समारोहमा ८३ देशका सुन्दरीहरुलाई पछि पार्दै भेनेजुयलाकी ग्याब्रिएला इस्लरले मिस युनिभर्स २०१३ को उपाधि जितेकी हुन् । उनलाई २०१२ की मिस युनिभर्स अमेरिकाकी ओलिभिया अल्पोले ताज पहि¥याईन् । प्रतियोगितामा स्पेनको प्याट्रिसिया युरेना राडिग्रेज मिस युनिभर्सको पहिलो उपविजेता बनिन भने मिस एक्वाडर कोन्स्टान्ज बेज सेकेन्ड रनर अप बनिन् । यस बर्षको मिस युनिभर्स ६१ औं संस्करण हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...