एसओएसद्वारा गुणस्तरीय स्याहारमा जोड

भक्तपुर, १३ कात्तिक । वालसंरक्षणको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाका प्रतिनिधिहरुले अनाथालय तथा वालगृहहरुमा आश्रीत वालवालिकाको उचित संरक्षण, गुणस्तरीय स्याहार र रेखदेखको लागि जोड दिएका छन् ।

जिल्ला वालकल्याण समिति कास्कीको सहयोग तथा एसओएस बालग्राम गण्डकी पोखराको आयोजनामा जिल्ला बालकल्याण समितिका पदाधिकारी एवम् कास्कीमा सञ्चालित बालगृहहरुको निम्ति वैकल्पिक संरक्षणमा रहेका बालबालिकाहरुको लागि गुणस्तरीय स्याहार विषयमा सोमबार उनीहरुले जोड दिएका हुन् । कार्यक्रम एसओएस बालग्राम गण्डकी पोखरामा गरिएको थियो ।

जिल्ला बालकल्याण समितिका पदाधिकारी तथा विभिन्न बालगृहहरुका प्रतिनिधि गरी ४० जनाको सहभागिता रहेको सो कार्यक्रममा एसओएस बालग्राम गण्डकीका आयोजना निर्देशक भगत कुमार श्रेष्ठले वालग्रामले गर्दै आएका कार्यबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा एसओएस बालग्राम नेपालका सहायक निर्देशक एवं गुणस्तरीय स्याहार सम्वन्धी एसओएस नेपालका स्रोत व्यक्ति सुुष्मा पोखरेलले एसओएस अन्तर्राष्ट्रियले बालबालिकाको स्याहारका निम्ति संचालन गर्न लागिरहेको गुणस्तरिय स्याहार अभियानका वारेमा प्रकाश पार्नु भएको थियो । एसओएस वालग्राम नेपालले यो वर्षदेखि गणस्तरीय स्याहारको विषयमा मुलुकभरी नयाँ अभियान शुरु गर्दैछ ।

पोखरेलले विशेष गरी बालगृहहरुको संरक्षणमा रहेका बालबालिकाको निम्ति गुणस्तरीय स्याहार र बाल अधिकारका वारेमा विस्तृत रुपमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा सम्पूर्ण सहभागि संस्थाहरुका प्रतिनिधीहरुले बालबालिकाको संरक्षण गर्ने क्रममा गुणस्तरीय स्याहार गर्नु पर्ने विषयमा एकमत भई आगामी दिनमा सोही अनुरुप कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जाहेर गर्नु भयो ।
उक्त कार्यक्रममा सम्पूर्ण सहभागी संस्थाहरुको तर्फवाट रेन्वो चिल्ड्रेन होमकी संचालिका गोमा ढकाल, जिल्ला बालकल्याण समितिका रविराज वसौला,एसओएस बालग्राम पोखराका योजना निर्देशक नवाङ्ग दोर्जे तथा एसओएस बालग्राम गण्डकीका कार्यालय सचिव ज्योती लम्सालले बोल्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...