विस्फोटबाट चीनमा ११ जना कामदारको मृत्यु

१६ कार्तिक । चीनको ग्वाङ्झी प्रान्तको एक कारखानामा भएको विस्फोटमा ११ जना कामदारको मृत्यु भएको छ ।

विस्फोटमा अन्य १७ जना कामदार घाइते भएको अधिकारीहरुले जनाएका छन् । विस्फोटमा मारिनेमा अधिकांश महिला रहेको समाचारमा जनाइएको छ । घटनाको अनुसन्धानका लागि दुई जना व्यापारीलाई पक्राउ गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...