लिभरपुलसँग फूलह्याम पराजित

२४ कार्तिक । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले फुलह्यामलाई पराजित गरेको छ ।

आफ्नो घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले फुलह्यामलाई ४–० गोल अन्तरले पराजित गरेको हो । खेलमा फुलह्यामका फर्नान्डो एमोविएटाले २३ औं मिनेटमा आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा सुरुवाती अग्रता लिएको थियो । त्यस्तै मार्टिन स्केर्टेलले लिभरपुलको अग्रता दोब्बर पारे । उनले खेलको २६ औं मिनेटमा गोल गरे । खेलको ३६ र ५४ औं मिनेटमा लुइस स्वरेजले गोल गरेपछि लिभरपुल ४–० गोल अन्तरले विजयी भयो ।

यससँगै यो सिजनमा स्वरेजको गोल संख्या आठ पुगेको छ । जितपछि ११ खेलबाट २३ अंकका साथ दोस्रो स्थानमा रहेको लिभरपुलले आर्सनलसँगको अंक दुरी दुईमा झारेको छ । एक खेल कम खेलेको आर्सनल २५ अंकका साथ शीर्È स्थानमा छ । त्यस्तै गएराति नै भएको अर्को खेलमा इडेन हजार्डको विवादास्पद पेनाल्टी गोलसँगै चेल्सी वेष्टब्रुमसँगको हारबाट जोगिएको छ । गएराति नै भएको अर्को खेलमा एस्टनभिल्लाले कार्डिफ सिटीलाई २–० गोलअन्तरले पराजित गरेको छ भने नर्विचले वेष्टह्यामलाई ३–१ गोल अन्तरले हरायो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...