सिरियाले रासायनिक हतियार उत्पादन गर्ने उपकरणहरु नष्ट गरेको जनायो

१५ कार्तिक । सिरियाले रासायनिक हतियार उत्पादन, मिश्रण र भरण गर्ने उपकरणहरु नष्ट गरेको बताएको छ ।

सिरियामा रासायनिक हतियार निषेध गर्न गठन गरिएको अर्गनाईजेसन फर प्रोहिबिसन अफ केमिकल विपनले यसअघि दिएको समयसीमा भन्दा एक दिन अघि मात्र सिरियामा रासायनिक हतियार नष्ट गर्न सुरु गरेको हो ।

अमेरिकाले सिरियामा गर्ने भनेको सैनिक कारवाही रोकि रसियाको पहलमा शान्तिपूर्ण तवरले रासयनिक हतियार नष्ट गर्न लागिएको हो । गत अगष्टमा मात्र रासयनिक हतियारको प्रयोग गरि सिरियाको उत्तरी घौटामा १४ सय भन्दा बढी नागरिकको मृत्यु भएको थियो । अमेरिकाले रासायनिक हतियारको प्रयोग सिरिया सरकारले गरेको आरोप लगाएको थियो । यता सिरिया सरकारले अमेरिकी भनाईको खण्डन गर्दै विद्रोहीहरुले नै रासायनिक हतियार प्रयोग गरेको बताउँदै आएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...